समाचार

नुहाउने क्रममा बागमतीमा बेपत्ता बालकको शव भेटियो

Banner

रौतहट, साउन १–

रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव १८ घन्टाको खोजीपछि भेटिएको छ ।

जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको आज शव भेटिएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० वर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० वर्षीय सफर कवाडी भने डुबेर बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>