चितवन विशेष

मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द

Banner

चितवन,असार ३१-

गोरखाको मनकामनामा रहेको केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ। मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। ‘नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज (असार ३१ गते) देखि आगामी भदौ २० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने।

सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी भएको उनले बताए। मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>