Breaking News

कालिखोलामा दुइतर्फी यातायात सञ्चालन,सिमलतालमा भने अझै एकतर्फी

Banner

भरतपुर,असार २८-

लगातारको बर्षासंगै आएको पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहान एक बजेदेखि अबरुद्ध सडकखण्ड दिउसो १ बजेदेखि सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार इच्छाकामना गाउँपालिका ६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी यातायात सञ्चालनमा आएको छ भने भरतपुर महानगरपालिका २९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएका छ ।

सिमलतालमा पनि दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम पनि भइरहेको सुवेदीले जानकारी दिनुभयो । अहिले राजमार्गमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । सिमलतालमा ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने सुवेदीले बताउनुभयो । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य जारी छ । सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५० बढि यात्रु सवार रहेको बताइएको छ । अहिले बस र यात्रुको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>