चितवन विशेष

चितवनको राप्तीमा सेनाको गाडीले ठक्कर दिँदा बसमा सवार चार जना घाइते

Banner

चितवन, असार २७-

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बुधवार नेपाली सेनाको गाडीले ठक्कर दिँदा बसमा सवार चालकसहित चार जना घाइते भएका छन् ।

बुधवार बिहान १० बजेको समयमा सुनाचुरी ब्यारेकमा सामान छोडि काठमाडौँतर्फ फर्कने क्रममा सेनाको प्र३–०१–००१ ग ३५३९ नम्बरको वानटन गाडीले विपरित दिशाबाट आइरहेको बा ३ ख ३८१९ नम्बरको यात्रुबाहक मिनि बसलाई ठक्कर दिएको थियो ।

सेनाको गाडीको ठक्करबाट बस चालकसहित चार जना घाइते भएको र उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुमा राप्ती–४ बस्ने वर्ष ३५ की उर्मिला गौतम ढुङ्गाना (दुवै घुँडा र गर्धनमा चोट, अवस्था मध्यम), निजको छोरा वर्ष ३ को दिक्षान्त ढुङ्गाना (टाउको र बायाँ खुट्टामा चोट, अवस्था मध्यम), बस सहचालक राप्ती–५ बस्ने वर्ष ३४ को बिष्णु मुक्ताङ (बायाँ खुट्टामा भित्रि चोट) र बस चालक राप्ती–८ बस्ने वर्ष ४५ को तारानाथ पाठक (दुवै खुट्टामा चोट) रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>