चितवन विशेष
क्रिकेटर दीपेन्द्रसिंह ऐरी भोलि चितवन आउँदै, ग्रेस इन्टरनेशनलमा भेट्न सकिने

चितवन,असार २६-
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी भोलि (बिहिबार) चितवन आउने भएका छन । ग्रेस इन्टरनेशनल चितवन शाखाले क्रिकेट खेलाडी ऐरीसँग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम संचालन गर्दैछ । क्रिकेटर ऐरी ग्रेस इन्टरनेशनका ब्राण्ड एम्बेसडर हुन ।
खेलाडी, विद्यार्थी र युवाहरुले ऐरीसंग अन्तरक्रिया गर्न सक्नेछन । ग्रेस इन्टरनेशलनका क्षेत्रीय निर्देशक गणेश लामिछानेले क्रिकेटर ऐरीसंग भेट गर्न र उच्च शिक्षा अध्ययनका लागि आवश्यक परामर्श लिन ग्रेसको शहिदचोकस्थित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । सो अवसरमा चितवनका खेलाडी र क्लबलाई खेलकुद सामाग्री समेत वितरण गरिने लामिछानेले बताए । ‘कार्यक्रममा सहभागिले क्रिकेटर ऐरीसंग खेलकुद क्षेत्रका बारेमा छलफल गर्न सक्नेछन, उनले भने,तस्वीर खिच्न र प्रश्नउत्तर समेत गर्न सकिनेछ ।’ कार्यक्रम बिहान ९ बजेदेखि २ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा सहभागिहरुविच फोटो कन्टेष्ट समेत आयोजना गरिएको र विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको लामिछाने जानकारी दिए ।
चितवनमा क्रिकेटको क्रेज राम्रो भएका कारणपनि धेरै खेलाडि र विद्यार्थी सहभागि हुने अपेक्षा राखिएको लामिछानेले बताए । ऐरीले ग्रेस इन्टरनेसनलको विशेष दुत भएर देशविदेशमा पनि प्रचार प्रसार गरिरहेका छन । उनले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई शिक्षा र खेलप्रति चासो जगाउनुका साथै सहयोग जुटाएका छन् । ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, बेलायत लगायतका देशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ ।

























