अन्तर्राष्ट्रिय

सामसुङ कम्पनीका ३० हजार कामदारले सुरु गरे अनिश्चितकालिन हड्ताल

Banner

काठमाडौं, असार २६-

दक्षिण कोरियाको चर्चित विश्व ब्राण्ड सामसुङ इलोट्रोनिक्सका कर्मचारीहरूले बुधवार (जुलाई १०) बाट हड्ताल सुरु गरेका छन् ।

बीबीसीका अनुसार तलब वृद्धि तथा सेवा सुविधा बढाउन माग गर्दै ३० हजार कर्मचारीहरूले अनिश्चितकालिन हड्ताल गरेका हुन् ।

एक ट्रेड युनियनको आग्रहमा यस्तो हड्ताल हुन लागेको बताइएको छ । युनियनले व्यवस्थापनले कुराकानी गर्न अनिच्छा देखाएकोले हड्तालमा उत्रिनु परेको उल्लेख गरेको छ । कर्मचारीहरूले हड्ताल गरेसँगै सामसुङको सेयर ओरालो लागेको बताइएको छ । सामसुङले जुन सम्मको पछिल्लो त्रैमासिक नाफा १५ गुणा बढेको बताएको थियो ।

नाफा कमाए पनि कर्मचारीहरूको वार्तामा कम्पनीले अनिच्छा देखाएपछि उनीहरू आन्दोलित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>