क्रिकेट

महिला एशिया कप तयारीः श्रीलंकाको टोलीसंग नेपाल पराजित

Banner

काठमाडौँ, असार २५–

महिला एसिया कप २०२४ को तयारीका लागि श्रीलंका पुगेको नेपाल अभ्यास खेलमा पराजित भएको छ।

सोमबार श्रीलंकाको एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको खेलमा नेपाल ३३ रनले पराजित भएको हो। सुरुमा एसएलले २० ओभरमा ११९ रनको लक्ष्य दिएको थियो । पछि वर्षाले खेल १५ ओभरमा झारिदा नेपालले ९६ रनको नयाँ पाएको थियो। जसमा नेपालले १५ ओभरमा ९ विकेट गुमाएर ६३ रन मात्र जोड्न सक्यो। नेपालका लागि सर्वाधिक पूर्व कप्तान रुबिना क्षेत्रीले १७ रन र सीता रानामगरले ११ रन जोडे।

बलिङमा एसएलकी देवमी विहांगाले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एसएलले ८ विकेटको क्षतिमा ११८ रन जोड्यो। उसका लागि डुलानी र नुथीयाँगाले २७–२७ रन बनाए।

बलिङमा नेपालकी सवनम राईले ३ विकेट र राजमती ऐरीले १ विकेट लिए। श्रीलंकामा जुलाई १९ देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>