राजनीति

अध्यक्ष ओलीलाई सन्चो नभएपछि एमाले सचिवालय बैठक स्थगित

Banner

काठमाडौं, असार २५-

नेकपा (एमाले)को सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो ।

उक्त बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित गरियो भन्ने जानकारी आएको छैन ।”

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ । सोमबार (हिजो) दाँत निकालेकाले ओलीलाई केही सन्चो नभएको सचिवालयले जनाएको छ । यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>