चितवन विशेष
चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुई जना गम्भिर घाइते
०

भरतपुर,असार २४-
चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना गम्भिर घाइते भएका छन् । सोमबार दिउँसो ३ः१५ बजेको समयमा पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–७ नारायणपुर चोक बस्ने अन्दाजी ३५ वर्षीय मनोज तामाङ र पछाडि सवार भरतपुर–७ कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चालक तामाङको चितवन मेडिकल कलेज र पछाडि सवार गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























