अर्थ

प्रतिक्रेट ३० रूपैयाँसम्म बढ्यो अण्डाको भाउ

Banner

काठमाडौं, असार २३-

पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ।

असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सात/दश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो। अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।  ुउत्पादन घटेको छ। माग बढेको छ,उनले भने, माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको हो। उनका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>