अन्तर्राष्ट्रिय

गुजरातको सुरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

Banner

सुरत, असार २३-

भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् ।

भग्नावशेष हटाउने काम जारी रहेको बताइएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको थियो ।

यो घटना शनिबार दिउँसो ३ बजेतिरको हो । घर भत्किँदा निकै ठुलो आवाज आएको थियो । आवाज सुनेर वरपर बस्ने मानिसहरूले भूकम्प आएको ठानेका थिए ।

मानिसहरू घरबाट बाहिर निस्किएपछि नजिकैको भवन भत्किएको देखे । एजेन्सी

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>