खेलकुद
क्यानले सोध्यो उपाध्यक्ष रोशनसिंह सहित चार जनालाई स्पष्टिकरण

काठमाडौँ, असार २१–
नेपाल क्रिकेट संघले उपाध्यक्ष रोशन कुमार सिंहसहित चार जनालाई स्पष्टिकरण सोधेको छ ।
संघको बिहीबार काठमाडौंमा सम्पन्न बोर्ड बैठकले उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टिकरण सोध्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । संघले सिंहसंगै केन्द्रीय सदस्य माधव कुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टिकरण सोधेको हो ।
विज्ञप्तीमा लेखिएको छ–‘विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसंग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तरर्वार्ता एवं भ्रामक प्रचार गरी सामाजिक संजालमा समेत शेयर गरेको पाइएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताको लागि एकजुट भएको अवस्थामा पनि संघ सम्बन्धित व्यक्तिहरुको विवादस्पद अभिव्यक्तिले गर्दा संघप्रति नकरात्मक सन्देश गएको यस संघले महसुस गरेकोले त्यस्ता कार्यमा संलग्न तपसिल बमोजिमका व्यक्तिहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरियो ।’
























