देश/प्रदेश

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद पन्तको माग

Banner

काठमाडौँ, असार १८-

राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमलाा पन्तले ५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने बताउनु भयो । उहाँले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गर्नुभयो । उहाँले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इजजतदार नागरिक हुनुपर्छ । नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुृपर्छ । अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ।’

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गर्नुभयो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>