Breaking News

ओलीले पदबाट राजीनामा गर्न भनेपछि प्रचण्डले भनेः संविधान चलाउन खोजेको हो ?

Banner

काठमाडौं, असार १८-

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न ओलीले आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने मोटो जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।

‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं ।’

ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको आग्रह गरेका थिए । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>