राजनीति

शिक्षण सिकाई सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन समन्वय आवश्यक छः मन्त्री श्रेष्ठ

Banner

काठमाडौँ,असार १८-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

२०८० को एसईई परीक्षाको नतिजाका विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह,अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले ५२ प्रतिशत विद्यार्थीहरु ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनैपनि संयन्त्र उम्कने ठाँउ नभएको बताउनु भयो । उहाँले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको दाबी गर्नुभयो । उहाँले हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताउनु भयो ।

उहाँको थप भनाईः
उहाँले भन्नुभयो,‘एसईईको रिजल्टको जिम्मेवारी सबैले लिनुपर्छ । संघीय तहमा आवश्यक नीति नियमहरु छन की छैनन् । प्रदेश र स्थानीय तहमा साझा सूचीमा राखेको छ । त्यसको अख्तियारी छ वा छ्रैन । संघीय सरकारले हेर्ने विषय हो । पाठ्यक्रम भारी छ की छैन । एसईईको नतिजापछि शिक्षा मन्त्रालयमा तीन पटक बैठक बस्यौं । शिक्षा मन्त्रालयको कानून र प्रशासन बाहेक अन्य विभागमा शिक्षासेवाबाट मात्रै आउन सक्छन् । यो मन्त्रालयमा भएका साथीहरु अरु मन्त्रालयमा जान पाउँदैनन् । अरु मन्त्रालयका कर्मचारीहरु शिक्षक सेवा पास नगरी आउन पाउँदैनन् । स्थायी सरकारको पनि सुपर स्थिायी मन्त्रालय हो । यसले नतिजा नदिएपछि मैले दुई कुरा विशेष रुपमा भनेको छु । एउटा रिर्फम टिमको लागि ओएनएम गर्नुप¥यो । शिक्षण सिकाई हेर्ने विभाग सर्वेमा विज्ञ चाहियो । मन्त्रालयमा पहिलो सुधार गरेको छु । पाठ्यक्रमलाई सुभारको लागि(रिभाईज) गर्नको लागि कार्ययोजना माग गरेको छ । पाठ्यक्रमलाई बजारमा जोड्नको लागि समाजसँग पाठ्यक्रम थालनी गरिसकेका छौं । पाठ्यक्रम बाइलोजिकल रुपमा मात्रै भएको छ । समाजलाई चेतना मुलक बनाउने गरी भएको छैन । हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि जुन स्कुलमा प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको रिजल्ट राम्रो गरेको छ ।
उहाँले एसईई नितिजाको जिम्मेवारी सबैले लिनुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>