राजनीति

लाज नमानी रास्वपा सुधार्ने मौका आयोः महामन्त्री ढकाल

Banner

काठमाडौं,असार १८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले लाज नमानी पार्टीलाई सुधार गर्नुपर्ने मौका आएको बताएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा टिप्पणी गर्दै उनले रास्वपा सुध्रनुपर्ने बताए । “लाज नमानी आफू (पार्टी)लाई सुधार गर्नुपर्ने मौका आयो,” उनले भने- गए रातभरिको राजनीति तरंगपछि रास्वपाको सचिवालय बैठक अहिले सिंहदरबारमा बस्न लागेको उनले जानकारी दिए ।

“यो मेरो व्यक्तिगत विचार भए पनि यो पार्टीलाई अवसर हो । पार्टी सुध्रनुपर्ने, पार्टीलाई रिफर्म गर्नुपर्ने ठूलो अवसर आएको छ,” उनले भने, “यसलाई अवसरको रूपमा लिएर पार्टी अघि बढ्नुपर्नेछ ।”सचिवालय बैठकपछि पार्टीले आधिकारिक निर्णय गर्ने उनले बताए । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>