राजनीति

संविधान संशोधनको एजेन्डा राप्रपाको हो, सरकारबारे विचार गर्छौँ-लिङदेन

Banner

काठमाडौं,असार १८-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गरेका छन् । राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताए । संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उनले उल्लेख गरे । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उनले बताए ।

नयाँ सत्तासमीकरणमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सहभागी गराउन सके राम्रो हुने उनको सुझाव छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>