खेलकुद
बीसीसीआईका सचिवले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने
०

काठमाडौं, असार १७-
टी–२० विश्वकप विजेता टोली भारतले एक अर्ब भन्दा बढी रकम पाउने भएका छन् । इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले विश्वकप विजेता टोली भारतलाई सवा एक अर्ब दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत १२५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























