चितवन विशेष
चितवनका दुई सामुदायिक विद्यालयका एक/एकले ल्याए चार जीपीए
०

चितवन,असार १४-
बिहीबार सार्वजनिक एसईईको नतिजामा चितवनका दुई सामुदायिक विद्यालयका एकरएक विद्यार्थीसहित १६ जनाले चार जीपीए ल्याएका छन् ।
चितवनको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदीका अनुसार यो वर्ष चितवनमा १० हजार ८३२ जनाले एसईई दिएका थिए । जसमध्ये ६ हजार ४१ जना उत्तीर्ण भएको सुवेदीले बताए । चार जीपीए ल्याउनेमा सामुदायिक विद्यालयबाट भरतपुरको चितवन माविका विद्यार्थी विशाल मगराती र नारायणगढको बालकुमारी कन्या माविका दिव्यप्रकाश झा छन् । बाँकी नौ संस्थागत विद्यालयबाट १४ जनाले चार जीपीए ल्याएको सुवेदीले बताए । गत वर्ष चितवनमा जम्मा ६ जनाले चार जीपीए ल्याएका थिए ।
त्यसैगरी यो वर्ष चितवनमा ए प्लस ल्याउने कुल विद्यार्थी संख्या एक हजार ६९२ जना रहेको सुवेदीले जानकारी दिए । गत वर्ष ७०१ जनाले ए प्लस ल्याएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























