अन्तर्राष्ट्रिय

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

Banner

एजेन्सी,असार १२-

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक मामिला मन्त्रालयलगायत चिनियाँ अधिकारीहरूले जनताको तौल व्यवस्थापन वृद्धि गर्ने तीन वर्षे अभियान सुरु गर्ने दस्तावेज जारी गरेका छन् ।बुधबार एनएचसीको वेबसाइटमा प्रकाशित १६ चिनियाँ विभाग र सङ्गठनहरूद्वारा संयुक्तरूपमा जारी गरिएको दस्तावेजअनुसार यस वर्षदेखि चीनमा वजन व्यवस्थापनका लागि सहयोगी वातावरण बनाउन विभिन्न उपाय लिइनेछ । तौल व्यवस्थापनमा जनताको चेतना र प्रविधिमा उल्लेख्य सुधार भएको छ र आगामी तीन वर्षमा स्वस्थ जीवनशैलीलाई अझ व्यापकरूपमा अपनाइनेछ ।

यस अवधिमा केही समूहका मानिसको असामान्य तौलको अवस्थामा सुधार गर्न आवश्यक रहेको पनि दस्तावेजमा उल्लेख छ । दस्तावेजले रोजगारदाताहरूलाई आफ्ना कर्मचारीहरूको शारीरिक तन्दुरुस्तीका लागि पूर्वाधार र अन्य सुविधा प्रदान गर्न प्रोत्साहित गर्न प्रयास गर्न आग्रह गरेको छ ।

क्याम्पसमा बढी नुन, चिनी र बोसोयुक्त खानेकुराको बिक्री नगरी स्वस्थ क्यान्टिन र रेष्टुरेन्टको निर्माणलाई प्रवर्द्धन गर्नुपर्ने तथा विद्यार्थीको शारीरिक तन्दुरुस्ती सुधार गर्ने कार्ययोजना लगायतका उपायहरु ल्याइने दस्तावेजमा उल्लेख छ । दस्तावेजले अभियानमा परम्परागत चिनियाँ औषधिको प्रयोगमा पनि जोड दिएको छ ।

प्रशोधित खाद्य पदार्थहरूमा तेल, नुन र चिनीको मात्रालाई उचित रूपमा घटाएर पोषण तत्वमा बढी ध्यान केन्द्रित गर्न खाद्य प्रशोधन प्रविधिहरू परिवर्तन गर्न द्रुत प्रयाससहित स्वस्थ उपभोगको नयाँ अवधारणाको वकालत गर्नुपर्नेमा दस्तावेजले जोड दिएको छ । यसका लागि जनता, विशेषगरी गर्भवती, शिशु, बालबालिका र युवा विद्यार्थी, वृद्धवृद्धा र निश्चित पेशामा काम गर्ने व्यक्ति जस्ता समूहहरूमा तौल व्यवस्थापनमा बढी परिशुद्धता चाहिन्छ ।

तौलको स्तर मानिसहरूको स्वास्थ्यसँग नजिक रहेको मानिने र असामान्य तौल, विशेषगरी अधिक तौल र मोटोपना, हृदयरोग, मधुमेह र केही प्रकारको क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको लागि एक प्रमुख जोखिम कारक हो । “तौल व्यवस्थापनको एउटा प्रमुख उद्देश्य स्रोतमा यी रोगहरूलाई रोक्नु र नियन्त्रण गर्नु हो र रोगहरूको उपचार गर्नुको सट्टा मानिसहरूको स्वास्थ्य कायम राख्नमा बढी ध्यान केन्द्रित गर्नु हो”, एनएचसीको विज्ञप्तिमा भनिएको छ ।

यद्यपि दस्तावेजले कम तौल भएका र कुपोषण भएका व्यक्तिहरूलाई पनि तौल व्यवस्थापन प्रयासमा समावेश गरिनुपर्ने कुरा उल्लेख गरेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>