अपराध

प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी दुई करोड लुटेको आरोपमा चार जना पक्राउ

Banner

काठमाडौं, असार ११-

भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ पर्नेमध्ये एक जना प्रहरी हवल्दारसमेत छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली छन्। उनलाई भक्तपुरबाट असार ७ गते प्रहरीले पक्राउ गरेको हो। यस्तै, सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङलाई पनि सोही दिन पक्राउ गरिएको हो।

यसैगरी, ओखलढुंगा घर भएका मुनाराज राईलाई पनि असार १० गते ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हो। ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई असार १० गते पक्राउ गरिएको हो।
सिन्धुपाल्चोकका उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो। उनी महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत हुन्।

गत असार ४ गते भक्तपुर सूर्यविनायक-४ दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट उनीहरूले दुई करोड नेपाली रकम लुटेको आरोप छ। लुटपाटमा संलग्न एक जना भने फरार छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>