अन्तर्राष्ट्रिय

घाइतेलाई जीपमा बाँधेर लगेको भिडियो सार्वजनिक भएपछि इजरायली सेनाद्वारा गल्ती स्वीकार

Banner

वेस्ट बैंक,असार ९-

इजरायली सेनाले उसको सुरक्षा बलले एक घाइते प्यालेस्टाइन पुरुषलाई जीपमा बाँधेर प्रोटोकलको उल्लंघन गरेको पाइएको छ । वेस्ट बैंकको जेनिन सहरमा एक छापा मार्ने क्रममा सुरक्षा बलले यस्तो गरेको जनाइएको छ । सोसल मिडियामा भिडियो भाइरल भएपछि इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले यसको पुष्टि गरेको हो ।

एक वक्तव्यमा आईडीएफले छापा मार्ने क्रममा भएको गोलाबारीमा एक संदीग्ध व्यक्ति घाइते भएको जनाएको छ । घाइतेको परिवारले उनलाई उपचारका लागि लैजान एम्बुलेन्सको तयारी भइरहेको बेलामा सेनाले जीपमा बाँधेर लगेको जनाएको छ । पछि ती व्यक्तिको उपचारको लागि रेड क्रिसेन्टलाई जिम्मा दिइएको थियो । ती घाइतेको नाम मुजाहेद आजमी भएको स्थानीयले जनाएका छन् ।

इजरायली सेनाले वक्तव्यमा गल्ती स्वीकार्दै भनेको छ, “भिडियोमा जुन घटना रेकर्ड भएको छ, यो इजरायली सेनाको मान्यताअनुसार होइन । घटनाको छानबिन गरिनेछ र सोहीअनुसार कारबाही हुनेछ ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>