राजनीति

त्रिपुरेश्वर बस आगलागी घटनाः न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना

Banner

काठमाडौं असोज ६ –

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलवारको संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो । सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो । उहाँले घटना हुनुअघि नै चालकले आफूमाथि दबाब बढेको भन्दै आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भएपनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाउनु भयो । उहाँले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको मृत्युको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो त्रिपुरेश्वरमा ट्राफिक प्रहरी र सार्वजनिक बसका चालक अर्जुन दोङबीच विवाद भएपछि सोही बसमा आगलागी भयो र आज उहाँको दुःखद् निधन भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । यो घटना केवल एक चालकको आवेगको विषय होइन, यसले श्रमिक र नियमनकारी निकायबीचको सम्बन्ध तथा राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ । चालकले आफू दबाबमा रहेको चेतावनी दिँदा राज्यले समयमै संवेदनशीलता देखाएको भए यस्तो दुःखद अवस्था आउँथ्यो कि आउँदैनथ्यो भन्ने प्रश्न उठेको छ । त्यसैले सरकारलाई नियमनकारी निकायलाई मर्यादित, अनुशासित र नागरिकमैत्री बनाउन आग्रह गर्दछु । चालक तथा सहचालकको सामाजिक सुरक्षाको सुनिश्चितता गरियोस् । साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब उच्चस्तरीय छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाही गरियोस् ।’

सांसद दुलालले सडकमा रहेका लाखौं श्रमिक र चालकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै राज्यले उनीहरूको सुरक्षा र सामाजिक सुरक्षा कोषको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी हालको झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने माग गर्नुभयो । उहाँले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>