चितवन विशेष
पहिलोपटक चितवन क्रिकेट संघद्धारा वार्षिक क्यालेन्डर सार्वजनिक

चितवन, असार ८–
जिल्ला क्रिकेट इतिहासमा पहिलोपटक चितवन जिल्ला क्रिकेट संघले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
वर्षभरि गरिने क्रिकेट प्रतियोगितालाई समेटेर चितवन जिल्ला क्रिकेट संघले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । आज (शनिबार) संघले आफ्नो कार्यालयमा एक कार्यक्रम गरी १९ वटा कार्यक्रम समेटेर वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । संघका अध्यक्ष सुदिप पियाले सार्वजनिक गरिएका कार्यक्रम बाहेक अन्य विभिन्न कार्यक्रम पनि थप गर्दै जाने जानकारी दिए । ‘यो हाम्रो नियमित कार्यक्रम हो, यस बाहेक अन्य कार्यक्रम पनि बीचमा समेट्ने छौं, हामी जति सक्दो धेरै कार्यक्रम समेट्ने कोशिसमा छौं’–अध्यक्ष पियाले भने ।
संघले वार्षिक क्यालेन्डरमा भरतपुर मेयर्स कप इन्टरस्कुल कप, स्वर्गीय मैयाँदेवी इन्टर डिष्ट्रिक्ट ओमेन्स टुर्नामेन्ट, स्वर्गीय मैयाँदेवी श्रेष्ठ ओमेन्स ट्रेन्गुलर सिरिज, सिनियर टिमको नुवाकोटसंगको एक दिवसीय सिरिज, ६ जिल्ला सम्मिलित एकदिवसीय सिरिज, ४ जिल्ला सम्मिलित क्वाड्रुन्गुलर टि–२० सिरिज, सिएमसी प्रिमियर लिग, थ्री डे टेष्ट सिरिज, कर्पोरेट कप (इण्डोर), भैरहवाको एक्सट्राटेक ओभरमा चितवन जुनियर टुर, इण्डो–नेपाल टी–२० च्याम्पियनसीप, चितवन टुर अफ मुम्बई, क्यान सेलेक्सन टुर्नामेन्ट, इन्टर चितवन क्लव लिग, तेस्रो संस्करणको प्रो क्लब क्रिकेट, इन्टर नगरपालिका कप, इन्टर कलेज टुर्नामेन्ट, इन्टर स्कुल क्रिकेट क्वीज कन्टेस्ट र टेन्किल टे«ेनिङ रहेका छन् ।
कार्यक्रममा संघका उपाध्यक्ष उमेश पिया र सचिव सुरज ज्ञवालीले वार्षिक क्यालेन्डर बारे प्रकाश पारेका थिए ।
























