Breaking News
वेस्ट इन्डिजमा विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप
०

काठमाडौं,असार ८-
आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्। अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। शनिबार उनी एअर अरेबियाको फ्लाइटबाट क्यानडा हुँदै नेपाल आइपुगेका हुन्।
अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो। सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























