चितवन विशेष

एपेक्स एसईई ओलम्पियाड-२०२४ भोलि, एसईई दिएर बसेका विद्यार्थी सहभागि हुनसक्ने

Banner

भरतपुर,असार ७-

एपेक्स एसईई ओलम्पियाड-२०२४ भोलि (शनिवार) हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगिता एपेक्स इसिए क्लबले आयोजना गरेको हो ।

कक्षा ९ र १० मा पढेका आधारमा प्रश्नहरु सोधिने एपेक्स इसिए क्लबका सचिव तथा कार्यक्रम संयोजक टोलप्रसाद काफ्ले (बिष्णु) ले जानकारी दिनुभयो । प्रतियोगितामा एक/एक जना विच (एकल) प्रतिस्पर्धा हुने छ । फिजिक्स, क्यामेष्ट्री, बायोलोजी, म्याथ, जिके/कम्युटर (सामान्य) का प्रश्नहरु सोधिने काफ्लेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ८ हजार र ट्रफी,दोस्रो हुनेले नगद ६ हजार र ट्रफी ,तेस्रो हुनेले नगद ३ हजार र ट्रफी तथा चौथो पुरस्कार नगद १५ सय र ट्रफी प्राप्त गर्नेछन । एपेक्स मावि क्षेत्रपुरमा हुने प्रतियोगितामा नारायणी अनलाइनमा राखिएको लिंक खोलेर सहभागि जनाउन सक्नेछन ।

यो लिंक क्लिक गर्नुहोस

https://docs.google.com/forms/d/e/1FAIpQLSeTCkUipuR8Ld3Q03ro5CtBsyy9wgtpeC5zz27qlKDxLfL52g/viewform?pli=1

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>