Breaking News

आईजीपी फेर्ने हल्ला मात्रै हो, कुनै परिवर्तन हुँदैनः प्रचण्ड

Banner

चितवन,असार ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरिक्षक परिवर्तन नहुने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले आफूले केही दिनअघि तीन वटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिए ।

मैले अस्तिको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नूस् भनिसकेको छु,प्रचण्डले भने, त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो । सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको प्रचण्डले दाबी गरे । समग्रमा बजेट सन्तोषजनक रहेको उनको भनाइ छ । उनले भने, मलाई लाग्छ यो (बजेट) प्रतिनिधिसभाबाट पारित हुन्छ ।

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको दाबी छ । यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छुु, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>