चितवन विशेष

भवानी डेरी र मेरो किनमेल बिच सहकार्य

Banner

चितवन, असार ३-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५मा रहेको भवानी डेरी र डेलिभरी कम्पनी मेरो किनमेल बिच व्यवसायमा सहकार्य गर्ने सहमति भएको छ । डेरीको उत्पादन चितवन नवलपुर क्षेत्रमा डेलिभरी गर्ने सहमति भएको हो । भवानी डेरीको तर्फबाट क्षेत्रीय बिक्री प्रमुख पुरन कुमार क्षेत्री र मेरो किनमेलको तर्फबाट विभागीय प्रमुख समिर कुमार श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्भौता पछि क्षेत्रीले चितवन नवलपुरका सम्पूर्ण सहर बजार अफिस घर तथा दुर दराजका क्षेत्रमा पुग्नको लागि सहज हुने बताउनु भएको छ ।  उहाँले भवानी डेरीका उत्पादित वस्तुहरु छोटो समयमै बजार पुग्ने भएकाले उपभोक्ताले गुणस्तरिय वस्तु उपभोग गर्न पाउने बताउनुभयो । उहाँले उपभोक्ताका लागि विशेष छुट समेत ल्याउने बताउनुभयो । बिगत छ वर्ष देखि दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन गर्दै आएको भवानी डेरीले चितवन, नवलपुर, मकवानपुर, रुपन्देही तथा पर्सा जिल्लामा फूड डेलीभरी गरिरहेको छ । डेरी बिचको सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने मेरो किनमेलका समिर कुमार श्रेष्ठले बताउनुभयो ।

यस डेरीले दुध, दहि, लस्सी, घ्यु, पनिर, नौनी, टेबल बटर, छुर्पी, चिज, कप दहि लगाएतका वस्तु उत्पादन गर्दै आएको छ । दुई हजार भन्दा बढी थोक तथा खुद्रा पसलमा बिक्रि वितरण गर्दै आएको भवानी डेरीको बिक्रि केन्द्र भरतपुर ७ गौतम चोक , भरतपुर १० दीपेन्द्र चोक, भरतपुर ११ विशाल चोक र रत्ननगर २ हाइ स्कुल रोडमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>