समाचार

कृषि विकास सहकारीका अध्यक्ष तेजबिक्रम

Banner

काठमाडौं, असार २-

करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ । जसमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

पक्राउ परेका चारै जनालाई आइतबार नै सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तेजबिक्रम अध्यक्ष र उनकी पत्नी सजना व्यवस्थापकको जिम्मेवारीमा थिए । सहकारीका ५६६ जना बचतकर्ताले आफूहरुको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ वचत फिर्ता नगरेको भन्दै ठगीमा उजुरी दिएका थिए ।

रकम अपचलन भएको पाइएपछि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २५ असोजमा पत्राचार गर्दै कारबाही गर्न भनेको थियो ।

उक्त सहकारीको कार्यालय ललितपुरमा रहेको भन्दै सीआईबीले २६ मंसिर जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुसन्धान अघि बढाउन पत्राचार गरेको थियो । अध्यक्ष तेजबिक्रम थापासहित १३ जनाविरुद्ध १९ पुस २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । तीमध्ये चार जना पक्राउ परेका हुन् ।

पक्राउ पुर्जी जारी भएकामध्ये एक जनाको मृत्यु भइसकेको, एक जना मृगौलाको गम्भीर बिरामी भई उपचार गराइरहेका र अरु फरार रहेको पाइएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>