समाज

१५ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

Banner

भक्तपुर,जेठ ३२-

भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङ छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लोपटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका- १ दूधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर बलात्कार गरेका थिए । ललाई फकाई तथा डर देखाएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>