समाचार

गोविन्द केसीको भने-बीएण्डसीको मुद्दा फैसलामा न्यायिक विचलन भयो

Banner

काठमाडौंः जेठ ३१-

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना गरेका छन् । न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो । १२ चैत २०८० मा भएको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक भएको थियो ।

जसमा १५ दिनभित्र बीएण्डसीलाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिन निर्देशनात्मक आदेश गरिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी केसीले उक्त फैसलामा गम्भीर न्यायिक विचलन देखिएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासबाट हुनुपर्ने मुद्दामा दुई न्यायाधीशको इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरूमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरूलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्त्वपूर्ण दलिलहरू फैसलामा राख्दै नराख्नुजस्ता त्रुटि देखिएको केसीले बताएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>