समाचार
आज राति यी ४ प्रदेशमा वर्षा, पूर्वी तराईमा हावाहुरीको पनि सम्भावना

चितवन,जेठ ३१-
हाल (बिहीबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा कोसी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशसहित बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

























