समाचार

देशभर फैलिएन मनसुन, मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुने

Banner

काठमाडौं,जेठ २९-

मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै छ । “मनसुन उल्लेख्य रूपमा अगाडि बढ्न सकेको छैन । कोसी प्रदेशका सबै स्थानमा पनि मनसुन फैलिसकेको छैन,” मौसमविद् सञ्जीव अधिकारी भन्छन्, “कोसी प्रदेशका धेरै भागमा पुगे पनि सबै भू–भागमा फैलिसकेको छैन ।”

मनसुनी प्रणाली देशभर फैलिने औसत समय पाँच दिन हो । तर, हावाको गतिका आधारमा पाँच दिनभन्दा ढिलो वा चाँडो पनि फैलिन सक्छ । मनसुन देशभर फैलिन केही समय लाग्दा यसको प्रभाव तापक्रममा पर्नेछ । आज पनि मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुनेछ । “तराईका धेरै स्थानमा आज हिजोजस्तो बादल लाग्ने वा बदली हुने सम्भावना कम देखिएको छ,” मौसमविद् अधिकारीले भने, “पश्चिम तराईका धेरै स्थानमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहनेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>