समाचार

देशभर गर्मी बढ्यो, धनगढीमा ४४ डिग्री पुग्दा अन्य ठाउँको तापक्रम कति ?

Banner

काठमाडौं,जेठ २८-

केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनगढीको अधिकतम तापक्रम ४२.९ डिग्री सेल्सियस थियो । गएको शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको थियो । धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो ।

महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको मे ३० मा नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष नेपालगन्जको उक्त तापक्रम नै अहिलेसम्म बढी भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

सोमबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ । चितवनको भरतपुरमा सोमबार ३७ डिग्री मापन गरिएको छ । आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, भैरहवाको ३८.२, घोराहीको ३९.३, सिमराको ३७.७, जनकपुरको अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस थियो । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, घोराहीको ३७.७, सिमराको ३७.३, जनकपुरको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षका निम्ति अहिलेसम्म उच्चबराबर भएको मौसमविद् झाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>