चितवन विशेष

गर्मी बढेपछि भरतपुर महानगरका विद्यालय चार दिन बन्द

Banner

चितवन,जेठ २८-

अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले सबै विद्यालय चार दिनका लागि बिदा दिएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै जेठ २९ गतेदेखि ३२ गतेसम्म सबै विद्यालयमा बिदा दिएको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यले एक विज्ञप्ती जारी गर्दै बर्षे बिदा कट्टा हुनेगरी बिदा दिइएको जनाएका छन ।

बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन महानगरले बिज्ञप्ती मार्फत आग्रह गरेको छ । चितवनमा पछिल्लो साता अत्याधिक गर्मी हुदाँ जनजिवन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>