समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु,अर्का एक प्रहरी घाइते

Banner

सिन्धुली,जेठ २७-

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । फिक्कल गाउँपालिका वडा नम्बर–५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो। उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। यसैगरी तनहुँको भिमाद नगरपालिका–७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>