खेलकुद

भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला फिल्डिङ गर्ने

Banner

काठमाण्डौँ, जेठ २७-
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा पाकिस्तानले टस जितेर भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

आइतबार नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।

नेपाली समय अनुसार ८: १५ बजे हुने भनिएको खेल हल्का वर्षाका कारण केही समय ढिला सुरू हुने भएको छ। खेल सुरु हुनु ९० मिनेट अघिदेखि वर्षा सुरु भएको थियो।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ। अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने हुन्छ। पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>