Breaking News

झोलुंगे पुलमा फसेका दुई खच्चड मरे, ८ खच्चडको उद्धार

Banner

सुर्खेत, जेठ २७-

कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए। उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो।

८ वटा खच्चडको उद्धार गरिएको उनले बताए। आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>