चितवन विशेष
जनकम्युन अवलोकनका लागि चितवनको माडी पुगे विप्लव

चितवन,जेठ २७-
नेकपाका महासचिव नेत्र विक्रम चन्द बिप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अबलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिम सहित चितवन पुगेका हुन् ।नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय उत्पादन विभाग गठन गरि पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिव ४ विघा क्षेत्रमा मकै ,कृषि औजार र सिचाईको लागी आधुनिक बोरिङ्ग गाडिएको छ ।
सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लव शुक्रबार र शनिबार अबलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने बिषयमा स्थानीय पार्टी नेतृत्व संग छलफल गरेको नेकपाले बताएको छ । नेकपाले चितवन,पुर्वको सुनसरी,झापा,पश्चिम नेपालको बांके,बर्दिया र पार्टी मुख्य कार्यलय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागीतामा खेतीपाती गर्दै आएको छ ।
यसैबीच विप्लव र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विच माडीमा भेटवार्ता भएको छ । दुई नेताहरूको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको महासचिव विप्लव सचिवालयले जनाएको छ ।
तस्विरः सन्तोष पनेरु