देश/प्रदेश
सुन आयातमा गरिएको भन्सार वृद्धि खारेज गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन
०

काठमाडौँ, जेठ २६-
सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न माग गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले वृद्धि गर्ने निर्णय खारेज गर्न माग गर्दै अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल सरकारले २०८१/०८२ को बजेटमा सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पुर्याएपछि महासंघले खारेज गर्न माग गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























