घटना -दुर्घटना

चितवन आउँदै गरेको मोटरसाइकललाई ग्यास बुलेटले ठक्कर दिदाँ एकको मृत्यु एक घाइते

Banner

काठमाडौं, जेठ २५-

मकवानपुरमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ मा आज बिहान रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा हटौंडाबाट चितवनतर्फ आउँदै गरेको ग ७ प २३०४ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आएको एएस-२५ डिसी ०२१२ नम्बको ग्यास बुलेट गाडीले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र उनकी श्रीमती ३३ वर्षीया निर्मला अधिकारी घाइते भएका थिए। उपचारको क्रममा अधिकारीको ११ बजे मृत्यु भएको डिएसपी भण्डारीले बताए।

उनीहरू दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो।

मोटरसाइकल चालक गुरूङले प्रहरीलाई दिएको जानकारीका अनुसार सेतो रंगको हाइलेक्स गाडीले अचानक ब्रेक लगाउँदा उक्त गाडी पछाडि रहेको उनीहरूको मोटरसाइकलले हाइलक्समा ठक्कर दिएको थियो।

त्यसपछि मोटरसाइकल उछिट्टिएर विपरीत दिशाबाट आउँदै गरेको ग्यास बुलेटले ठक्कर दिएर दुर्घटनामा परेको बयान प्रहरीसमक्ष दिएको डिएसपी भण्डारीले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>