अर्थ

हिजो १८ सयले बढेको सुनको मूल्य आजपनि १ हजारले बढ्यो

Banner

काठमाडौं, जेठ २५-

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । हिजो (बिहीबार) १८ सय बढेर पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भएको सुन आजपनि १ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>