अपराध

शान्तिसेनाबाट घर आउँदा परपुरूषसँग भेटिएकी श्रीमतीको श्रीमानले गरे हत्या, परपुरूष गम्भीर घाइते

Banner

दाङ, जेठ २५-

दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीलाई आपत्तिजनक अवस्थामा परपुरूषसँग भेटेपछि शालिकरामले खुकुरी प्रहार गरी हत्या गरेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् ।

मिसनबाट बिदामा घर आएका बेला शालिकरामले श्रीमतीलाई आज बिहान परपुरूष आर्यनसँग आपत्तिजनक अवस्थामा भेटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>