मकवानपुर

मकवानपुरमा चेकिङमा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएपछि…

Banner

मकवानपुर,जेठ २५-

मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । बकैया गाउँपालिका–४, गोठखोलामा बिहीबार अपराह्न उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ४४५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । चेकिङमा रहेका अस्थायी ट्राफिक प्रहरी पोस्ट हात्तीसुँडेमा कार्यरत ३२ वर्षीय ट्राफिक प्रहरी जवान पदम रानामगर ठक्करबाट घाइते भएका हुन् ।

उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ल्याइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकलका चालक बकैया–७ का ३९ वर्षीय उमेश लामिछाने र त्यसमा पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरेश गौतमलाई पनि सामान्य चोट लागेको थियो । मोटरसाइकलका चालकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>