देश/प्रदेश

जंगली च्याउ खाएर पाँच जना बिरामी

Banner

काठमाडौं, जेठ २४-

सिन्धुलीमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक केशवकुमार कट्टवालले जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएको जानकारी दिए ।

तिनपाटन गाउँपालिका-४ बिस्टार बस्ने स्थानीय अनुसार ६७ वर्षीय केशरबहादुर भुजेल उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया, ३८ वर्षीय छोरा घनश्याम भुजेल, २१ वर्षीय नाति किरण, नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी परेकी हुन्।बिरामीको अहिले प्राथामिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>