Breaking News

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जाने

Banner

काठमाडौं, जेठ २४-

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री पुनः प्रधानमन्त्री बनेका छन् । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो । मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ।

शनिबार मोदीको शपथ हुनेभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्ली जाने तयारी गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीले भारत भ्रमणमा जाने तयारी गरिरहेको र संभवतः आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सरकारका एक मन्त्रीले जनाए।

यसअघि हिजो साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>