Uncategorized
सेन्ट्रल कलेज अब आफ्नै भवनमा,अत्याधुनिक प्रविधि प्रयोग गरेर भाषा कक्षा पढाइने

चितवन,जेठ २३-
सेन्ट्रल कलेज आफ्नै भवनमा सरेको छ । भरतपुर महानगरपालिका २ स्थित भरतपुर ओरालोमा रहेको आफ्नै भवनबाट कलेजले सेवा प्रदान गर्न थालेको हो । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भिसा प्रोसेसिङ र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको कलेजले आफ्नो भवन (सेन्ट्रल टावर) बाट सेवा प्रदान गर्न सुरु गरेको प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा लिफ्टसहित अत्याधुनिक प्रविधिहरु जडान गरिएको भन्दै विद्यार्थीलाई अध्ययनका लागि थप सहज हुने बताउनुभयो ।
कलेजको नयाँ भवनमा छुट्टाछुट्टै काउन्सेलिङ रुम,अध्याधुनिक प्रविधिसहितका कक्षा कोठा, स्मार्ट बोर्ड, मिटिङ हल, सभा हल लगायतका सेवा सुविधि रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँले कलेजले नयाँ इन्टेकका लागि धमाधम विद्यार्थी भर्ना र भाषा कक्षा सञ्चालन गरिरहेको भन्दै नयाँ भवनमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
पछिल्लो समय जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर जुलाई इन्टेक २०२४ का लागि प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले जुलाई इन्टेक २०२४ का लागि उत्कृष्ट नतिजा हासिल गरेको प्रिसिन्पल पौडेलले बताउनुभयो । पछिल्लो समय सेन्ट्रल कलेज जापान लगायतका देशमा जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।
कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गर्नुभयो ।
सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै केही गर्न चाहाने विद्यार्थीलाई पनि सिप सिकाउँदै आएको छ भने यहाँ नै उच्च शिक्षा अध्ययन गर्न चाहानेलाई कलेज र बिषय छनोट गर्न सहयोग गर्ने गरेको छ ।
सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।
सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।
विद्यार्थीका लागि निःशुल्क भाषा कक्षा र बस सेवा सञ्चालन गरिरहेको कलेजले कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।