चितवन विशेष

गणतन्त्ररूपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैनः सांसद पाण्डे

Banner

चितवन,जेठ २२-

चितवनका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले गणतन्त्ररूपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे ।

उनले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे । गणतन्त्रको विकल्प खोजेर अगाडि बढ्नुपर्ने बताए । यस्तो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाइ छ । यो देशमा गणतन्त्ररूपी गाडीको तेल सकिइसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडि बढ्दैनौँ । यसको लागि म सम्पूर्ण दलका नेताहरूलाई निवेदन गर्न चाहन्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडि बढ्नको लागि अनुरोध गर्दछु, उनले भने । उनले बजेटमा उल्लेख गरिएका कुराहरू पूरा नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>