चितवन विशेष

चितवनका यी ठाउँमा ठूलो पर्दामा देखाइदैछ नेपालको खेल

Banner

चितवन, जेठ २२–

आज नेपाली क्रिकेट समर्थकहरुका लागि खुशीयालीको दिन । १० वर्षपछि नेपाल आज विश्वकप क्रिकेटमा फर्कदैछ । टि–२० विश्वकपको पहिलो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्द्धी नेदरल्याण्डसंग खेल्दै सुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार आज साँझ ९ः१५ बजेदेखि हुँदैछ ।

यही खेल हेर्नका लागि आज चितवनसंगै देशका विभिन्न ठाउँहरुमा ठूलो पर्दाको व्यवस्था गरिदैछ । चितवनका केही ठाउँहरुमा यसरी नै ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाईएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेज रोडमा रहेको स्नुक्स क्याफे एण्ड पबले ठूलो स्कृनमा नेपालको खेल देखाउँदैछ । विशेष अफरसहित खेल हेर्ने व्यवस्था मिलाईएको स्नुक्स क्याफे एण्ड पबका संचालक अच्युतराज भट्टले जानकारी दिए । उनका अनुसार नेपालको जर्सी लगाएर खेल हेर्न आउने दर्शकले प्रति बोटल बियरमा ५० रुपैयाँ छुट पाउने छ ।

नेपालको टि–२० लोगोसहितको जर्सी केलमीको आधिकारिक शोरुम नारायणगढस्थित चमेलीबिगबजारको स्मार्ट स्टाइलिसबाट किन्न सकिनेछ ।

‘खाजा खाँदै हेर्न हेर्न व्यवस्था मिलाएका छौं, सबैलाई यहाँ आएर नेपाललाई हौसला बढाउन आह्वान गर्दछु’–भट्टले भने । उनले साँझ ७ बजेदेखि पबमा प्रवेश गर्न सकिने जानकारी दिए ।

यस्तै होटल ह्याप्पी होम कमलनगरमा पनि ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाइएको छ । संचालक कृष्ण महतोले खेलप्रेमीहरुलाई ध्यानमा राखेर होटल परिसरमै ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाइएको जानकारी दिए । होटल ह्याप्पी होम फुटबल विश्वकप, एशिया कप क्रिकेटको पनि ठूलो पर्दामा खेल देखाएको थियो ।

यस्तै भरतपुर–कृष्णपुरस्थित खेल मैदानमा पनि स्थानीय युवाहरुले ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाएका छन् । स्थानीय खेलप्रेमीहरुलाई ध्यानमा राखेर खेलमैदान भित्रै ठूलो पर्दा राखेर खेल देखाउन लागिएको स्थानीय युवा अधिकार चालिसेले जानकारी दिए ।
चितवनका अन्य स्थानहरुमा पनि ठूलो पर्दामा खेल देखाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>