अन्तर्राष्ट्रिय
ग्याँस लिक भएर आगलागी हुँदा भारतमा पाँच नेपाली मृत्यु

भारत, जेठ २१-
भारतको बैंग्लोरमा खाना पकाउने ग्याँस लिक हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।
घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं.११, सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुलाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यु भएको थियो ।
झ्याल नभएको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको थियो।